बिर्तामाेड । झापाकाे कनकाई नगरपालिका-८ लक्ष्मीपुरबाट अनलाइन सट्टेवाजी खेलाएकाे आराेपमा प्रहरीले आमाछाेरीलाई पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरिक्षक सन्ताेष राईकाे नेतृत्वमा गएकाे टाेलीले आमाछाेरीलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा कनकाई नगरपालिका-८ कि ईन्दिरा प्रसाई र उनकी छोरी सिम्रन प्रसाई रहेका छन् ।
अनलाईन सट्टाबाजी (अन्लाईन जुवा) खेली खेलाई रहेको भन्ने बिशेष सुचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुकाे साथमा रहेको ५ थान मोबाईल, २ थान ट्याब र १ वटा ल्यापटप बरामद भएकाे जनाइएकाे छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

















