बिर्तामोड । झापाको शिवसताक्षीबाट लागूऔषध ब्राउन सुगर व्यवसायी पक्राउ परेका छन् । 

हिजो साँझ शिवसतक्षी नगरपालिका-६ शिवगञ्ज बस्ने लागूऔषध कारोबारी परमानन्द साह पक्राउ परेका हुन् ।

साहले लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनको घरमा गएर चेकजाँच गर्ने क्रममा बेडको सिरानी मुनि खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको ४६ पोका लागुऔषध ब्राउन सुगर बरामद भएको थियो । 

बरामद भएको २ ग्राम ९०० मिलिग्राम फेला पारी उक्त लागुऔषध र साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा बुझाइएको प्रहरीले जनाएको छ ।