बिर्तामोड । टेलिफोनको तार चोरी गरेर बिक्री गर्दै आएका दुईजना भारतीय नागरिक मेचीनगरबाट पक्राउ परेका छन् ।

IMG-20250522-WA0017

हिजो साँझ मेचीनगर नगरपालिका-७ को ५ नम्बर पोष्टस्थित चिया बगानबाट दुुईजना भारतीय नागरिकलाई १०० किलो तामाको तारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानीट्याङकीका तापच बरमण र अमित सरकार रहेका छन् ।

चारवटा मुठामा राखिएको १०० किलो तामाको तार बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त तार मेचीनगर नगरपालिका-१३ चारआली आसपासबाट चोरी गरेको बयान दिएका थिए ।

नेपाल टेलिकम धुलाबारी शाखाले समेत बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको भनि यस कार्यालयमा निवेदन दिएको हुँदा उनीहरुलाई नियन्त्रणमा लिएर ५ दिनको म्याद थप गरेेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।