बिर्तामाेड । झापाका मिनबहादुर बस्नेत यु-२० महिला टिमको गाेल किपिङ प्रशिक्षक नियुक्त भएका छन् । बस्नेतले आगामी असार २७ गतेदेखि साउन ५ गतेसम्म बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप २०२५ मा गाेल किपिङ प्रशिक्षककाे भूमिका निर्वाह गर्ने छन् ।

एन्फाका महासचिव किरण राईले आइतबार बस्नेतलाई आधिकारिक नियुक्ति पत्र प्रदान गरेका छन्। बस्नेतले नेपालकाे 'ए' डिभिजन क्लब महाबीर क्लबमा ३ सिजन, सशस्त्र प्रहरीकाे एपीएफ क्लबमा २ सिजन र जावलाखेल युथ क्लबमा ४ सिजन गाेलरक्षककाे भूमिका निर्वाह गरेका थिए ।

पहिलाे र दाेस्राे नेपाल सुपर लिगमा धनगढी एफसीका गाेलकिपिङ प्रशिक्षक रहेका उनी तेस्राे सिजनमा घरेलु टाेली झापासँग आवद्व भएका थिए । यसबीचमा भुटानकाे फुन्साेलिङ फुटबल क्लबमा पनि उनले प्रशिक्षणकाे अवसर पाएका थिए ।

यसअघि यु-१६ र यु-१९ महिला फुटबल टिमकाे गाेलकिपिङ प्रशिक्षक रहेका बस्नेतले अहिले यु-२० टाेलीकाे गाेल किपिङ प्रशिक्षक बनेका हुन । झापाकाे काँकडभिट्टाका उनी कुशल प्रशिक्षकका रुपमा चिनिन्छन् । उनलाई सन्देश श्रेष्ठले प्रशिक्षणमा सहयाेग गर्ने छन् ।