बिर्तामोड । झापामा एकैदिन विभिन्न कसुरका ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा लागूऔषध, ठगी र सट्टेबाजी मुद्दाका फरार प्रतिवादी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको सूचना अधिकारी खगेन्द्र खड्काले बताए । खड्काले उनीहरुलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा जरिवाना दाखिला गरेको जानकारी दिए ।
पक्राउ परी रिहा हुनेहरुमा २०८१ भदौ १६ गतेको फैसलाले ६ महिना कैद र २ हजार जरिवाना तोकिएका लागूऔषध मुद्दाका फरार प्रतिवादी कमल वडा-१ बस्ने किरण बेघा, २०७३ असार १२ गतेको फैसलाले १ वर्ष कैद र १२ हजार ५०० जरिवाना तोकिएका ठगी मुद्दाका फरार प्रतिवादी पर्सा घोबिनी ५ बस्ने हरेन्द्रप्रसाद कुर्मी, २०७३ असार १२ गतेको फैसलाले १ वर्ष कैद र १२ हजार ५०० जरिवाना तोकिएका ठगी मुद्दाका फरार प्रतिवादी पर्सा घोबिनी ५ बस्ने ईद्रिश मियाँ ,२०८१ कात्तिक २१ गतेको फैसलाले १ महिना कैद र २ हजार जरिवाना तोकिएका लागूऔषध मुद्दाका फरार प्रतिवादी कचनकवल ७ बस्ने अरबिन भट्टराई,२०८० असोज २३ गतेको फैसलाले २०० रुपैयाँ जरिवाना तोकिएका लागूऔषध मुद्दाका फरार प्रतिवादी मेचीनगर ७ बस्ने ओम पोर्तेल भन्ने ओमबहादुर बिक रहेका छन् ।
यसैगरी २०८० मंसिर २० गतेको फैसलाले ३ महिना कैद र ४ हजार जरिवाना तोकिएका सट्टेबाजी मुद्दाका फरार प्रतिवादी दमक ८ बस्ने सत्यकाश साह, २०८० मंसिर २० गतेको फैसलाले ३ महिना कैद र ४ हजार जरिवाना तोकिएका सट्टेबाजी मुद्दाका फरार प्रतिवादी दमक ७ बस्ने राजु श्रेष्ठ, २०८० मंसिर २० गतेको फैसलाले ३ महिना कैद र ४ जरिवाना तोकिएका सट्टाबाजी मुद्दाका फरार प्रतिवादी कमल २ बस्ने अरुण कार्की र २०८० मंसिर २० गतेको फैसलाले ३ महिना कैद र ४ हजार जरिवाना तोकिएका सट्टाबाजी मुद्दाका फरार प्रतिवादी गौरादह ८ बस्ने पिताम्बरध्वज थापा रहेका छन् ।

















