दमक । भुटानी शरणार्थी शिविर बेलडाँगीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना भारतीय र अर्का भुटानी शरणार्थी युवा छन् ।
गएराती दमक नगरपालिका-३ बेलडागी भुटानी शरणार्थी शिविर सेक्टर डि-१ हट न.१०१ मा रहेको घरमा लागूऔषध खैरो हेरोईनको कारोबार भई रहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले किरण राईको घर कोठा भित्र शंकास्पद अवस्थामा बसेको अवस्थामा भारतको बिहार राज्य पुर्निया जिल्लाका मनिशकुमार गुप्ताको गोजीबाट ८ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















