बिर्तामोड । बिर्तामोडका एल्विज बस्नेतलाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका भद्रपुर नगरपालिका-४ झापा चोक स्थित वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपाल तर्फ लागूऔषध बोकेर आउदै गरेको समयमा उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

ग ११ प ६०९५ न. को मोटरसाईकलमा सवार बिर्तामोड नगरपालिका-४ बस्ने बस्नेतलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध र मोटरसाईकल सहित बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको छ ।