बिर्तामोड । ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका-२ घर भइ झापाको दमक नगरपालिका-१ सुम्निमा टोलमा डेरा गरेर बस्ने दिलिप कुमार मरिकले आफ्नै श्रीमतीलाई बीस सेवन गराएका थिए ।
श्रीमती रेनु मरिकलाई बीस ख्वाएर फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरसँग समन्वय गरेर पक्राउ गरिएको हो । अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

















