बिर्तामाेड । इलामकाे देउमाई नगरपालिका-५ काे कार्यालयको बोर्डमा अज्ञात समूहले आगजनी गरेकाे छ ।
गएराति अज्ञात समूहले वडा कार्यालयको बोर्ड निकालेर कार्यालय भवनको ढोका अगाडि जलाएकाे हाे । वडा अध्यक्ष तिलकबहादुर हेन्जन तामाङले इलाका प्रहरी कार्यालय मंगलबारेमा आज बिहान जानकारी गराएपछि प्रहरी टोलीले अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।
बोर्डमा आगजनी भएपनि भवन तथा भवनभित्र रहेका कागजपत्र र सामानमा क्षति पुगेको छैन । आगजनी गर्नेको बारेमा थाहा हुन सकेको छैन ।