बिर्तामाेड । झापाको भद्रपुरमा नातीले हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् । घरायसी बिवादका क्रममा नातीले हजुरआमामाथि खुकुरी प्रहार गरेका हुन् ।
एक्लै बस्दै आएकी हजुरआमासँग भद्रपुर नगरपालिका १० स्थित सत्र बिगे बस्ने नाती महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीमाथि खुकुरी प्रहार गरेका हुन् ।
पैसा माग्दा नदिएपछि रिसको आवेगमा उनले खुकुरी प्रहार गरेकाे बताइएकाे छ । आज बिहान अन्दाजी ५ बजे उनले खुकुरी प्रहार गरेकाे प्रहरीले जनाएकाे छ ।
घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको चिउडो काटिएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।