बिर्तामोड । झापाको काँकडभिट्टाबाट पेस्तोलसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिलिगुडीका प्रतिक अग्रवाल रहेका छन् ।
मेचीनगर नगरपालिका–६ मा रहेको पोष्टमा चेकजाँच गर्दा भारतको दार्जिलिङ जिल्ला जलपाइगुडी थाना भक्तिनगर थाना बस्ने अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले चलाएको डब्लु बी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र एयर पेस्तोल एकथान बरामद भएको थियो । प्रहरीका अनुसार अग्रवालले बोकेको ब्यागभित्र १८ थान गोली र चारवटा मोवाइल बरामद भएको छ । उनलाई ईलाका प्रहरी कार्यालयमा राखेर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।

















