बिर्तामोड । झापा गाउँपालिका-१ सुडुखुट्टुबाट एक भारतीय नागरिकबाट १०१ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
आज दिउँसो भारतबाट साइकलमा नेपालतर्फ आउदै गरेका भारतको बिहार राज्य किसनगंज जिल्ला सिंगीमारी पञ्चायत वडा न.०५ बस्ने बर्ष ६० को गबरी साह ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
साइकलमा आउदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लागाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई साइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसंधान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याईएको प्रहरीले जनाएको छ ।

















