बिर्तामोड । झापामा आर्थिक बर्ष ०८०/८१ को १२ महिनामा ४२७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गतबर्षको साउनदेखि असार ३२ गतेसम्म उनीहरू पक्राउ परेका हुन् ।
जसमा ३७० जना पुरुष र ५७ जना महिला रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका फरार प्रतिवादीले १८४ वर्ष ०१ महिना १२ दिन कैद सजाय र ५ करोड ४ लाख ९८ हजार ४१३ रुपैयाँ जरिवाना असुल भएको छ ।
डिएसपी खगेन्द्र बहादुर खडकाको कमाण्डमा फैसला कार्यान्वयन प्रहरी टोलि गठन गरेर प्रहरीले फरार प्रतिवादी नियन्त्रणमा लिने प्रक्रिया प्रहरीले तिब्र बनाएको थियो ।

















