बिर्तामाेड । झापाको बिर्तामोडबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधी बरामद गरेको छ । बिर्तामोड ५ मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले प्रतिबन्धित औषधी बरामद गरेको हो ।
भानुभक्त खरेलले सञ्चालन गरेकाे सनलाइट फर्माको गाेदामबाट प्रतिबन्धित औषधी बरामद भएकाे हाे । उनले घर भाडामा लिएर दुईवटा गोदाममा औषधी राखेका थिए । प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले बरामद प्रतिबन्धित औषधीको परिमाण यकिन गरी मुचुल्का तयार गर्ने कार्य भइरहेको बताए । प्रहरीले एकजना कामदारलाई नियन्त्रणमा लिएकाे छ । औषधी व्यवसायी खरेल भने सम्पर्क बाहिर रहेकाे श्रेष्ठले जानकारी दिए ।



















