बिर्तामोड । नेकपा एमालेले लागूऔषध कारोोबारमा संलग्न भएको अभियोग लागेका नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ । 

एमाले बिर्तामोड नषर कमिटीको आज सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । 

प्रहरीले खरेलले सञ्चालन गरेको पसलमा ठूलो परिमाणमा लागूऔषध फेला परेको थियो । घटना लगत्तै खरेल फरार छन् । प्रहरीले खरेलको खोजतलास तिब्र पारेको जनाएको छ ।