बिर्तामाेड । लागूऔषध काराेबारकाे मुख्य नाका पुर्वमा पश्चिमदेखि खरीदकर्ता आउने गरेकाे पाइएकाे छ । प्रहरीले पटक-पटक नेपालकाे पश्चिमी जिल्लाका काराेबारीलाई लागूऔषधसहित पक्राउ गरेपछि झापा लागूऔषध काराेबारमाे हब भएकाे पाइएकाे हाे । 

पछिल्लाे समयमा प्रहरीले भद्रपुर-७ डाँफेचोकबाट  बिशेष सुचनाको आधारमा बाटोमा हिडिरहेको अवस्थामा नुवाकोट जिल्लाकाे तादी गाउँपालिका-६ बस्ने मन कुमार दर्जी  उनको श्रीमती शशी खत्रीलाई लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएकाे छ । यसबाट नेपालका हरेक कुनाका लागूऔषध काराेबारीहरुले झापालाई यसकाे ट्रान्जिट बनाएकाे पुष्टी हुन्छ । 

उनीहरुसँगै भद्रपुर-७ डाँफेचोक बस्ने सुनिल चापागाईसमेत पक्राउ परेका छन् । उनीहरुले बाेकेकाे कालो झोला भित्र  प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ   ३७ ग्राम ४९० मिलि ग्राम   बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसंधान अगि बढाएकाे प्रहरीले जनाएकाे छ ।