बिर्तामोड । झापाको मेचीनगरबाट लागूऔषध सहित तीनजना पक्राउ परेका छन् ।
मेचीनगर-९ झोडाबाट कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, धरान, सुनसरीको डग स्नापिङ टोलिले लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले मेचीनगर-९ झोडा बस्ने रोशन डाँगी, अर्जुन दर्जी र रविन राजबंशीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ट्रामाडोल क्याप्सुल ६८ वटा, १ ग्राम १९० ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















