बिर्तामोड । बैङ्किङ कसुर मुद्धामा बिर्तामोड –५ की ४ एमु शंकर पक्राउ परेकी छन् ।

हिजो साँझ बिर्तामोडको शनिश्चरे रोडबाट उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत झापाको २०८१ भदौ २६ गतेको फैसलाले बैङ्किङ कसुर मुद्धामा उनलाई १ दिन कैद, २८ लाख ३४ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।