बिर्तामाेड । झापा प्रहरीले ठुलाे मात्रामा लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेकाे छ । प्रहरीले हिजाे बेलुका कन्काई नगरपालिका-३ मा रहेकाे टेम्पाे स्टेनबाट ३०० ग्राम ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा सिन्धुलीकाे भिमान नगरपालिका-१० बस्ने बिनोद बि.क. र झापाकाे झापा गाउँपालिका-३ बस्ने प्रेमकला महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

उनीहरुकाे साथबाट तीनवटा पाेकामा राखिएकाे तीनसय ग्राम ब्राउनसुगर बरामद भएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान भइरहेकाे प्रहरीले जनाएकाे छ ।