झापा । मादक पदार्थ सेवन गरेर बिवाद हुँदा ताप्लेजुङमा एकजनाको हत्या भएको छ ।

गएराति अन्दाजी ११ बजे ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ४ कार्तिके बस्ने सुकविर विश्वकर्माले खुकुरी प्रहार गर्दा उनका भाई २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेर घरमा आएपछि रोशनले सुकविरसँग विवाद गरेका थिए । बिवादका क्रममा सुकविरले खुकुरीले पेटमा प्रहार गर्दा रोशनको घटनास्थलमा नै मृत्यु भएको हो ।

सुकविरलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिइ राखेका थिए । पछि प्रहरी टोली पुगेर नियन्त्रणमा लिई उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याइएको छ ।