बिर्तामाेड । इलामबाट ट्याक्टरमा लाेड गरेर झापातर्फ गाेलिया ढुवानी गरिरहेकाे समयमा एकजना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका-६ गौडा  भित्री सडकखण्डबाट ट्याक्टरमा लाेड गरेर झापातर्फ गाेलिया ल्याउँदै गर्दा मेचीनगर नगरपालिका-८ का रञ्जित राजवंशी पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय बुधबारेबाट  खटिएको टोलीले चेकजाँच गर्ने क्रममा कानुनी कागजपत्र बिना, अवैध रुपमा ईलामबाट झापा तर्फ गाेलिया ल्याउँदै गरेकाे भेटिएकाे थियाे । 

प्र. १-०१-००१ त ८५६० नम्बरको ट्याक्टरमा चिलाउने र सिमल जातको ( कुकाठ)  गोलिया काठ लोड गरेर ल्याउदै गरेको अवस्थामा राजबंशीलाई    पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उक्त ट्रयाक्टरमा रहेको ४० थान गोलियाको ४५ क्युबिक फिट काठ नियन्त्रणमा लिएर  कारवाहिको लागि  जिल्ला वन कार्यालय झापामा पठाइएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।