बिर्तामाेड । झापाकाे शिवसताक्षीमा लागूऔषध ब्राउन सुगर बिक्रीका लागि पाेकाे पार्दै गर्दा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-५ सालडाँगी बस्ने राजेन्द्र कुमार ताजपुरिया रअजय ताजपुरिया रहेका छन् । 

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिवगंज र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्लाष्टिकमा पाेकाे पार्दै गरेकाे अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । 

उनीहरुकाे साथबाट  ८  ग्राम ब्राउन सुगर बरामद भएकाे प्रहरीले जनाएकाे छ । लागुऔषध सहित दुबै जनालाई  नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएकाे जनाइएकाे छ ।