बिर्तामाेड । झापाकाे बिर्तामाेड-५ बाट २० हजार क्याप्सुल ट्रामाडाेल हाइड्राेक्लाेराइड क्याप्सुल लागूऔषधसहित एकजना पक्राउ परेका छन् । 

बिशेष सूचनाका आधारमा हिजाे राती बिर्तामोड नगरपालिका-५ कंचन टोल स्थित राजेन्द्र पंथाककाे घरमा भण्डारण गरेर राखेकाे लागूऔषध ट्रामाडाेल हाइड्राेक्लाेराइड क्याप्सुल बरामद भएकाे हाे ।

घरको भूईतलाबाट माथिल्लो तलाहरुमा जाने सिढी मुनीको खाली भागमा कागजको कार्टुनहरुले छोपेर राखेको  अवस्थामा लागूऔषध बरामद भएकाे थियाे । प्रहरीले लागूऔषधसहित पंथाकलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।