बिर्तामाेड । बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका एकजनालाई झापा प्रहरीले पक्राउ गरेकाे छ । गौरादह नगरपालिका-९ झमकचौक बस्ने वर्ष ५० को डिक बहादुर राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
गत माघ महिनाको पहिलो साता राईले १६ वर्षिय बालिकालाई डर त्रास देखाई करणी गरेकाे प्रहरीले जनाएकाे छ । बालिका हाल गर्भवती छन् । घटना लगत्तै फरार रहेका राईलाई आज बिहान शिवसताक्षी नगरपालिका-६ शिबगंजमा फेला पारिएकाे हाे ।
बालिकाका आफन्तले गत जेठ २८ गते ईलाका प्रहरी कार्यालय झिलझिलेमा घट्नाबारे जानकारी गराईएकोमा जबरजस्ती करणी कसूर दर्ता भएर ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले प्रतिवादी राईलाई पक्राउ गर्न सफल भएकाे जनाएकाे छ ।
राईलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी कसूरमा जिल्ला अदालत झापामा उपस्थित गराई दिन ५ दिनकाे म्याद अनुसंधान तथा कारवाही भईरहेको प्रहरीले जनाएकाे छ ।

















