बिर्तामोड । साउन २९ गते कमल गाउँँपालिक-६ का मनोज लिम्बु दोमुखाबाट घर फर्किदै थिए । त्यसक्रममा उनी सवार स्कुटर शिवसताक्षी नगरपालिकाको झिलझिले खण्डमा अनियन्त्रित भएर लड्यो ।
स्कुटर दुर्घटना भएको देखेपछि वरिपरिका मान्छे उद्दार गर्न आए । तत्काल एम्बुलेन्स बोलाइयो । एम्बुलेन्समा हालेर उपस्थित भिडले लिम्बूलाई उपचार गर्न अस्पताल पठायो ।
उद्दारका क्रममा लिम्बूले घाँटीमा लगाएको करिब ५ तोला (५६.३५) ग्रामको सुनको सिक्री हरायो ।
उपचारकै क्रममा लिम्बूले प्रहरीलाई सिक्री हराएको बियय जानकारी गराए । जानकारी पाएपछि प्रहरी खोजतलासमा लाग्यो ।
खोजतलास गर्ने क्रममा शिवसताक्षी नगरपालिका- बस्ने सुुरज हलवाई र गोबिन हाङ लिम्बू पक्राउ परे । सुरुमा उनीहरुले आरोप अस्वीकार गरे । तर, प्रहरीले ३९ ग्राम २२ मिलिग्राम सुन र नगद ३० हजार बरामद गरेपछि पक्राउ परेका दुबैजनाले सुन चोरी गरेको स्वीकारे ।
दुर्घटनाको समयमा लिम्बू र हलुवाई सक्रियताका साथ उद्दार कार्यमा खटेका थिए । प्रहरीले उनिहरुमाथि जिल्ला अदालत झापाबाट ५ दिनको म्याद गप गरेेर अनुसंधान गरिरहेको जनाएको छ ।

















