बिर्तामाेड । मोरङकाे रतुवामाई नगरपालिका-४ आमबारी चोकबाट चाेरी भएकाे माेटरसाइकल जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका-५ मेचीपुलबाट नियन्त्रणमा लिएकाे छ । प्रहरीले चाेरीकाे माेटरसाइकलसहित दुईजनालाई पक्राउ गरेकाे जनाएकाे छ ।
रतुवामाई नगरपालिका-४ बस्ने पुष्पमाया खतिवडाले आफ्नो घर कम्पाउण्डमा पार्कीङ गरी राखेको काे ३० प ९६७७ नम्बरको मोटरसाईकल गत साउन ३० गते राती १० बजे हराएकाे थियाे । उनले तत्काल प्रहरी कार्यालयमा माेटरसाइकल चाेरी भएकाे बारेमा जानकारी गराएकी थिएन् ।
साे माेटरसाइकल चाेरी गरेर झापा जिल्लाको भद्रपुरतर्फ लगेको भन्ने सुचनाको आधारमा हिजाे दिउँसाे २ बजेकाे समयमा मेचीपुलमा चेकप्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा उक्त माेटरसाइकल फेला पारेकाे हाे । प्रहरीले माेटरसाइकलमा सवार झापाकाे गौरीगन्ज गाँउपालिका-५ बस्ने रोम भन्ने प्रकाशं यादव र झापाकाे विर्तामोड नगरपालिका-१ बस्ने ओम प्रकाश खडकालाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
पक्राउ गरेका दुईजनासहित माेटरसाइकललाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा मोरङ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

















