बिर्तामोड । लागूऔषधसहित झापाको गौरादहमा दुईजना पक्राउ परेका छन् ।

गएराति साढे ९ बजे गौरादह नगरपालिका-५ को आठ नम्बर बाँधमा प्रहरी चौकी महारानीझोडाको टोलीले बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको अबस्थामा दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौरादह ५ का समिर सिवा र सोही ठाउँका शंकर सन्थाल रहेका छन् ।

उनीहरुको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड २०० क्याप्सुल फेला परेको छ । दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ