बिर्तामोड । झापाको भद्रपुरमा लागूऔषध कारोबार गरिरहेको समयमा ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर-८ का राज श्रेष्ठको घरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० बस्ने अलताप सेख, रमित राजवंशी, सुमित पासी, घरधनी राज श्रेष्ठ, धार्दिङको रुवीभ्याली गाउँपालिका-५ बस्ने गुम लामा, काठमाण्डौको तारकेश्वर नगरपालिका-६ बस्ने न्यान्जी तामाङ रहेका छन् ।
उनीहरुको साथबाट २० ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, बिभिन्न कम्पनीको मोवाइल थान ८ थान, १४ हजार १७० रुपैंया नगद, खुकुरी थान १, पिलास थान १, स्क्रु डाईभर थान १ बरामद भएको प्रहरीले जनाएको छ ।

















