बिर्तामाेड । झापाकाे काँकडभिट्टामा ठुलाे परिणाममा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युराे र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाकाे टाेलीले मचीनगर-८ बस्ने अजय मेचे र पछाडी सवार भारतकाे वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने टान्टु भन्ने कनकन राहलाई नियन्त्रणमा लिएकाे हाे ।
उनीहरुकाे साथबाट १ सय ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएकाे प्रहरीले जनाएकाे छ । मे ११ पा ४२३३ नं.को सुपर स्लेन्डर माेटरसाइकलमा ईटाभट्टाबाट सलकपुर तर्फ जादै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
शंकास्पद गतिविधि गरिरहेकाे समयमा उनीहरुलाई चेकजाँच गर्दा भारतीय नागरिकराहकाे साथबाट ठुलाे परिणाममा ब्राउन सुगर बरामद भएकाे जनाइएकाे छ । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसंधान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

















