बिर्तामोड । झापाको कमल गाउँपालिका–५, पाडाजुगी चोकमा लागुऔषध बिक्रि वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा दमक ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो। डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि उनीहरूलाई ईप्रका दमकमा ल्याइएको छ । नियन्त्रणमा परेका व्यक्तिहरू यस प्रकार छन्स्

पक्राउ  पर्नेमा दमक –८ का भोला अमात राय , आलम खान र झापा दमक–७, सुकुम्बासी टोल बस्ने राजिव मण्डल,  रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।