बिर्तामाेड । झापाको शिवसताक्षीकाे एक घरमा गएराति लाखौं मुल्यकाे सुन र गहना लुटपाट भएको छ ।

शिवसताक्षी नगरपालिका-११ का कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुको समूहले  तीनताेला सुनका गहना र नगद लुटपाट गरेकाे हाे ।

धारिलो हतियार खुकुरी र चक्कु देखाएर राईले घाँटीमा लगाएको सुनको सिक्री, औँठी घरमा राखिएको नगद १ लाख समेत गरि जम्मा सात लाख बराबरको धनमाल लुटेर फरार भएका हुन् ।

घटनाबारे राति नै इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक नोरजङ लामाको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएर लुटेराहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।