बिर्तामाेड । जेनजी आन्दाेलनका क्रममा झापाकाे तीनवटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भगाइएकाे छ ।
भाद्र २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भिर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भएकाे अभियाेगमा पक्राउ परेका थुनुवा भगाइएकाे हाे ।
हिरासतमा राखेर अनुसंधान भइरहेका थुनुवालाई आन्दाेलनकारीले हिरासतबाट भगाएकाे प्रहरीेले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाइ भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

















