झापा । नेपालबाट टेलिफाेनकाे तार चाेरी गरेर भारततर्फ लाँदै गरेकाे अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुईजना भारतीयसहित ५ जना रहेका छन् ।
मेचीनगर नगरपालिका-५ नकलबन्दा स्थित इप्रका नकलबन्दाकाे गस्ती टोलीले नेपालबाट भारत तर्फ ५ वटा बोरामा प्याक गरिएको (अप्टिकल फाईबर टेलिफोन) को तार चोरी गरी लादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे जनाएकाे छ ।
पक्राउ पर्नेमा भारतकाे दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने बर्ष २४ का कातिक अधिकारी, साेही स्थानका बर्ष ३४ को राहुल अधिकारी, झापाकाे बुद्धशान्ती गाउँपालिका सितल वस्ती बस्ने बर्ष २५ को बिजय राजवंशी, इलामकाे जौबारी वस्ने बर्ष २७ को दिनेश परियार र झापाकाे कचनकबल गाउँपालिका-३ डाँगीबारी बस्ने बर्ष ४२ को संजय माझी रहेका छन् ।
पक्राउ परेका भारतीय र नेपालीलाई आवस्यक कारवाहीको लागी इप्रका काँकरभिट्टामा ल्याई राखिएको जनाइएकाे छ ।

















