बिर्तामाेड । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा प्रहरीकाे सम्पर्कमा पुगेका छन् ।
लागूऔषध मुद्धामा पक्राउ परेका इलाम नगरपालिका-९ बस्ने गंगाराज चौहान र सोही ठाउँका सुजन अधिकारी हिजो दिउँसो २ः५० बजे जिल्ला प्रहरी कार्यालय झापाकाे सम्पर्कमा पुगेका हुन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
जेनजीको आन्दोलनका नाममा आन्दोलनकारीहरुले झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा भगाएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाई आन्दाेलनकारीले भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

















