बिर्तामाेड । झापाकाे बिर्तामाेडमा आज बिहानकाे राती खुकुरी प्रहार गरेर एकजनाकाे हत्या भएकाे छ । घटनामा संलग्न भएकाे अभियाेगमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएकाे छ ।
बिर्तामोड नगरपालिका-७ खालबाडीमा अन्दाजी ३५/३६ बर्षका फुर्बा तामाङलाई उनकै घरमा धारिलो हतियार प्रयोग भएकाे हाे । तामाङकाे घट्नास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
घट्नामा संलग्न भएकाे अभियाेगमा सोही ठाउंमा बस्ने बर्ष २७/२८ को प्रेम कुमार राई र वर्ष ३३ को रामकुमार राईलाई अनुसंधानको लागि नियन्त्रणमा लिइएको छ ।
घट्नामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला पनि बरामद गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटनाकाे बिषयमा अनुसंधान भइरहेकाे जनाएकाे छ ।

















