बिर्तामोड । लागूऔषध ब्राउन सुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधाराका एकजना र दमकका एकजना छन् ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलिले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउदै गरेका अवस्थामा अर्जुनधारा-११ का बिरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यस्तै दमक नगरपालिकम-६ बसपार्कबाट दमक नगरपालिका-१ बस्ने हर्क बहादुर कुमाललाई पक्राउ गरेको छ । उनको साथबाट २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।