बिर्तामोड । बिर्तामोड नगरपालिका-७ मा जंगली हात्तीको आक्रमणबाट गएराति एकजनाको मृत्यु भएको छ।

बिर्तामोड  नगरपालिका -७ खालबाडीमा अन्दाजी ३५/३६ बर्षका तराई मुलका जस्तो देखिने युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

नजिकै जंगलबाट आएको १ वटा हात्तिले आक्रमण गरेर आन्द्राभुडी बाहिर निस्कीएर घोप्टो मृत अवस्थामा फेला परेको छ ।