झापा । जेनजी आन्दोलनका समयमा दमकबाट लुटिएको एउटा राइफल वेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान दमक नगरपालिका-५ धनेश्वर मन्दिरको पुर्व पट्टीको गेट नजिकबाट राइफल फेला परेको हो ।

स्थानीयवासीले बन्दुक बेवारिसे अवस्थामा छ भन्ने जानकारी गराउन साथ तत्काल ईलाका प्रहरी कार्यालय दमकको टोलीले राइफल फेला पारेको थियो । उक्त हतियार असोज २४ गते जेनजी आन्दोलनमा इप्रका दमकबाट लुटिएको ३०३ मार्क ३ राईफल म्यागजिन सहित रहेको जानकारी प्रहरीले दिएको छ ।