बिर्तामाेड । तिहार नजिकिएसँगै भारतबाट नेपालमा पटाका भित्र्याउने क्रम बढेकाे छ । प्रहरीले जिल्लाका बिभिन्न नाकाबाट पटाका नियन्त्रणमा लिन थालेपछि यसकाे आयात बढेकाे पाइएकाे हाे ।
झापाकाे गौरीगंज गाउँपालिका-४ हुक्कागाछीमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको काेब्रा पटाका २० बन्डल प्रहरीले बरामद गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय गौरीगंजको गस्ती टोलिलाई देख्नासाथ पटका सोही ठाँउमा छाडी मानिस फरार रहेका थिए । उक्त बरामद पटाकाहरु ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई राखेको प्रहरीले जनाएकाे छ ।

















