बिर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको एक थान गोली भेटिएको छ ।

हिजो बिहान साढे १० बजे दमक नगरपालिका-८ का कृष्णप्रसाद पाठकले बाटोमा बेवारिसे अवस्थामा एसएमजीको ९ एमएमको १ थान गोली फेला पारेका हुन् । उनले सो गोली इप्रका दमकमा बुझाएका छन् ।

त्यस्तै आन्दोलनको क्रममा दमक प्रहरीको पोशाक लुटेर लगाई पोशाकको दुरुपयोग गर्ने दमक-२ भाङबारी बस्ने ३३ वर्षीय रोशन साउदेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बूलाई दमक-६ थाना रोडबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई राखिएको छ ।

आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेर लाने इलाम चुलाचुली-३ पेल्टीमारी बस्ने सुजन राईलाई दमक-१ बाट प्रहरीले नियन्त्रणमा लिएको छ । हतियार लुट्ने एकजना यसअघि पक्राउ परेका छन् । प्रहरी कार्यालयमा आक्रमण र हतियार लुट्नेहरुको खोजी भइरहेको दमक प्रहरीले जनाएको छ ।