अर्जुनधारा । झापाको अर्जुनधारामा लक्ष्मी पुजा गर्न राखिएको लाखौंको सुन र नगद चोरी भएको छ ।
हिजो विहानको राति २ः३० बजे अर्जुनधारा –६ बिहानी टोल बस्ने रमेश काफ्लेको घरबाट लक्ष्मीपुजा गर्न राखिएको सुन र नगद चोरी भएको हो ।
घरको माथिल्लो तलाबाट चोर पसेर तल्लो तलामा रहेको पुजा कोठामा लक्ष्मी पुजा गर्न राखिएको करिब तीन तोलाको सुनका गहना र पुजा गर्न राखिएको नगद ५ हजार गरी करिब ७ लाख ५ हजार बराबरको सामान चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

















