झापा । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे दमक नगरपालिका-९ शान्ती चोकमा लागूऔषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक ९ बस्ने मनोज धिमाललाई पक्राउ गरेको हो ।

उनले चलाई रोकीराखेको मे १ ह ७०६५ नम्बरको सिटी सफारीको सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा ६ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

सटीसफारीसहित उक्त लागूऔषध र उनको साथमा रहेको नगद १८ हजार बरामद गरी धिमालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।