झापा । लागूऔषधसहित झापाको कमलबाट पाँचजना पक्राउ परेका छन् ।
गएराति कमल गाउँपालिका-५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा कमल-५ राजवंशी, कमल ३ बस्ने मौसम तामाङ, १ का सावन जवेगु, शिवसताक्षी-११ बस्ने रुस्तम बर्देवा र सोही ठाउका रुचल मगर रहेका छन् ।
राजवंशीको घरबाट ट्रामाडोल ८०० क्याप्सुल, स्पास्पेन ३०० ट्याब्लेट र डिसाइक्लोमिन ५०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

















