बिर्तामोड ।झापाको बिरिङ खोलाको पुलमुनि फेला परेको शव शिवसताक्षी नगरपालिका–१० माइधारका ३३ वर्षीय सरोज शर्माको भएको पुष्टि भएको छ।

गत आइतबारदेखि कारसहित बेपत्ता रहेका शर्माको शव शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा गाडिएको अवस्थामा फेला परेको हो । प्रारम्भिक अनुमान अनुसार उनको हत्या गरी शव गाडिएको हुन सक्ने आशंका गरिएको छ।

 शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको कार हिजो बिहान चारआली–भद्रपुर सडकखण्ड अन्तर्गत हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो।