बिर्तामोड । जेेनजी आन्दोलनको समयमा गरामनी प्रहरी पोष्टमा तोडफोड तथा आगजनी गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो साँझ बिर्तामोड नगरपालिका-८ र ७ का दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिर्तामोड-८ गरामानी बस्ने वर्ष ३६ को गंगाराम लिम्बुलाई आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी बिर्तामोड-७ मुसहर डाँडा बस्ने वर्ष १९ को सेशेहाङ इङ्नाम लिम्बुलाई पनि आफ्नै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।