बिर्तामोड । झापा जिल्ला अदालतले १० बर्ष अघि गरेको फैसलाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेर जरिवाना असुल गराएको छ ।

सार्वजनिक अपराध अन्तर्गत झापा जिल्ला अदालतले २०७२ सालमा गरेको फैसलाका प्रतिवादी अर्जुनधारा-८ का मिरा भनिने निरा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

६ महिना कैद र ४ हजार ७२५ जरिवाना तोकिएका राईले जरिवाना तिरेर छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।