बिर्तामोड । ठुलो परिणाममा लागूऔषध ब्राउनसुगरसहित झापा गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।
हिजो साँझ साढे ७ बजे झापा गाउँपालिका-५ पन्थापडा बस्ने अड्साद अली प्लास्टिकबाहेक ६३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
बाह्रदशी-३ बाट चारपानेतर्फ आउँदै गरेको मे ८ प ८१४० नं को मोटरसाइकललाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट त्यति धेरै लागूऔषध बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















