बिर्तामोड । जेनजी आन्दोलनका समयाा ईलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार र त्यसको गोली फेला परेको छ ।

यसअघि पक्राउ परेका एक युवालाई सोधपुछ गरेेर पाँचथरको मिक्लाजुङ-३ आरुबोटे लामागाउँ स्थित ओडारबाट हतियार फेला परेको हो ।

ईप्रका दमकको कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न मिक्लाजुङ-३ बस्ने सुशिल फियाक (लिम्बु) लाई पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनले प्रहरी कार्यालयबाट लुटेको हतियार सोही स्थानको ओडारमा लुकाएको बयान दिएका थिए ।

ईप्रका दमकले पाँचथर प्रहरीसँग समन्वय गरेर खोजी गर्दा मिक्लाजुङ-३ आरुबोटे लामागाउँ स्थित ओडारबाट हतियार फेला परेको हो ।

फेला परेका हतियारमा एसएलआर राईफल १ थान, ईन्सास १ थान, एसएलआर राइफलको गोली ३ थान र इन्सासको ग‍ोोली १ थान रहेका छन् ।

पक्राउ परेका फियाकलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा  इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडि बढाईएको जनाइएको छ ।