बिर्तामोड । बिर्तामोडका व्यवसायी उमेश बोहोरामाथि छुरा प्रहार भएको छ । बोहोरालाई बिर्तामोड-५ कै युवा मेदनीप्रसाद मैनालीले छुरा प्रहार गरेका हुन् ।
गएराती ९ बजेको समयमा बिर्तामोड-५ महानन्द चोकमा बोहोरालाई छुरा प्रहार गरिएको थियो । उनको बिर्ता सिटी अस्पतालमा उपचार भईरहेको छ ।
घाईतेको पेट, दुबै कोखा र दुबै हातमा चोट लागेको छ । उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
छुरा प्रहार गरे लगत्तै प्रहरीले अभियुक्त मैनालीलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

















