बिर्तामोड । ईलाका प्रहरी कार्यालय अनारमनीले गरेको स्विप अप्रेसनमा ४ महिलासहित १० जना पक्राउ परेका छन् ।
गएराति १० बजेदेखि २ बजेसम्म प्रहरीले गरेको अपरेसनमा मोडिफाई गरिएका तथा ठूलो आवाज निकाल्ने ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने मदन कुमाल लोहागुन, अर्जुनधारा-११ का बिक्रम गिरी, गोकुल शिवाकोटी, मोरङको लेटाङ-९ बस्ने सृजना कार्की, पाँचथरको रवि-१ बस्ने प्रमिस्का लिम्बु, मेचीनगर-१० बस्ने विशाल दनुवार, बिर्तामोड-३ बस्ने सुरज राजवंशी, बिर्तामोड-५ बस्ने निलम तामाङ, अर्जुनधारा ७ बस्ने प्रार्थना खड्का र कनकाई-३ बस्ने सन्तोष ओझा पक्राउ परेका छन् ।।
त्यसैगरी मोडिफाई गरेको तथा ठूलो आवाज पारेर सञ्चालन भएका बा ८२ प ५७७, मे ११ प ३०१०, मे ७ प ६८८० र मे १० प १६११ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

















